तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनमा हालसम्म २७ वटा वडाको मतगणना सकिएको छ । ३८ हजार ७९४ मत गन्दा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले १९ हजार ६५३ मत प्राप्त गरि अग्रता कायम गरिरहनुभएको छ । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ११ हजार ६६९ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६ हजार २३६ मत प्राप्त गर्नुभएको छ ।कुल ४२ वटा वडाबाट ६३ हजार ७५७ मत खेसेको थियो ।