फाेटाेः गणेश बिष्ट

मकवानपुर – मकवानपुरको सिमभञ्याङ–दामनमा अवरुद्ध त्रिभुवनरापथ सुचारु भएको छ । हिउँको कारण अवरुद्ध त्रिभुवन राजपथ ३६ घण्टापछि सुचारु भएको हो ।

फाेटाेः गणेश बिष्ट

डोजरले हिउँ पन्छाएपछी राजमार्ग दुईतर्फी नै सुचारु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । बुधबार बिहान अवरुद्ध भएको सडक हिजो साँझबाट सूचारु भएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा हिउँ पन्छाएर सडक सुचारु गरिएको हो । राजमार्ग सुचारु भएसंगै अहिले यस सडक भएर ओहोर दोहोर गर्ने सवारीका साधनहरु सञ्चालनमा आएका छन् । यसैबिच सिमभञ्याङ–दामन क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको आज पनि उत्तिकै भिडभाड रहेको प्रहरीले जनाएको छ ।

फाेटाेः गणेश बिष्ट