सरकारले सङ्घीय संसद्को अधिवेशन २०७९ जेठ ३ गते दिउसो ४ः०० बजे बस्ने गरी आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को बजेट अधिवेशन जेठ ३ गते दिउसो ४ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले जानकारी दिनुभयो ।











