हेटौँडा । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका तीनजना युवा नेतृत्वले केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । युवा संघका मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती सहित युवा नेताहरु दिलमाया घर्ती र प्रकाश लामा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।