सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा गएराती घरमा आगलागी हुँदा े४ लाख नगद सहित १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । मकवानपुर थाहा नगरपालिका वडा नम्बर–७ चल्ती स्थित कृष्ण बहादुर खत्रीको घरमा बिजुलीको तार सट भई आगलागि भएको हो ।
आगो बढ्न गई संगै जोडिएर बनाईएको उनका भाई राज कुमार खत्रीको कच्ची घरमा समेत आगोलागी भएको थियो । आगोलागी बाट दुइ वटै घर लगाएत घरमा रहेको सामनहरु पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राज कुमारको एक लाख ५० हजार नगद समेत गरी कुल १६ लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।