काठमाडौँबाट सिमराका लागी उडेको जहाज फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित डोमेस्टिक तर्फको बुद्ध एयरको जहाज बत्तीमा समस्या देखिएपछि काठमाडौँ फर्किएको हो ।
एटिआर यु ४५५७को जहाज सवा ५ बजे काठमाडौँबाट उडेको थियो । त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार अहिले समस्याको समाधान भइसकेको छ ।