वायु प्रदूषण बढेपछि सरकारले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई र बाहिर ननिस्कन आग्रह गरेको छ । डढेलाका कारण काठमाडौँ उपत्यकासहित मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यलाई हानी गर्ने अवस्थामा पुगेपछि वातावरण विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन आग्रह गरेको हो । साथै अन्य उमेर समूहका व्यक्तिलाई पनि घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनिएको छ ।
