सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना भएको छ । सांसद लेखनाथ दाहाल राजनले आज बिहीवार एक कार्यक्रमका बीच बेसको उद्घाटन गर्नुभएको हो ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीबाट ४० किलोमिटर उत्तरतर्फ स्थापना भएको बेसमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामाग्रीसहितको टोली खटिएको छ ।काठमाण्डाैबाट झन्डै दुई सय १० किलोमिटर बर्दिवाससम्मको वीपी राजमार्गमा हुनसक्ने अन्य घटनाहरूको समेत मध्यनजर राख्दै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापना बेस स्थापना भएको हो । सशस्त्र प्रहरी बलले यसअघि धनकुटाकाे मुलघाट, बाराकाे निजगढ, धादिङकाे आदमघाट, म्याग्दीकाे बेनी, दाङकाे भालुवाङ, सुर्खेतकाे चिप्ले र डडेल्धुराकाे अमरगढीमा गरी सात वटा ठाउँमा विपद् व्यवस्थापन बेस स्थापना गरिसकेको छ ।