प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राऊ गरी व्यक्ति हत्यामा कारबाही चलाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा परेका दुईवटा रिटको सुनुवाई न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल बेञ्चमा परेको छ ।
ज्ञानेन्द्रराज आरणसमेत ८ जना र चिरञ्जीवीबास गिरीसमेत १६ जनाले दायर गरेका दुवै रिटहरु श्रेष्ठकै बेञ्चमा परेका छन् । प्रधानमन्त्रीविरुद्ध मंगलबार दर्ता भएका रिटमा आज पेसी तारेख तोकिएको छ । आज निवदेकहरुलाई अदालतमा झिकाउने मंगलबार आदेश भएको थियो । दुवै रिट चौथो र पाँचौं नम्बरमा रहेकाले अदालतको प्राथमिकतामा परेका छन् ।