काठमाडौं । तेस्रो राष्ट्रपतिका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
राष्ट्रपतिका लागि सतारुढ दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले र अर्का एमालेका उम्मेदवार सुवास नेम्वाङले मतदान गरिसकेका छन् । मतदान सुरु भएसँगै मतदानस्थलमा स‌ांसदको उपस्थिति बढ्दो क्रममा छ । मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अपराह्‍न ३ बजेसम्म मतदान जारी रहने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार चुनाव सकिएलगत्तै आजै मतगणना गरिनेछ । साँझ ७ बजेभित्रै परिणाम सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन कार्यालको भनाइ छ । मत परिणाम सार्वजनिक भए लगत्तै नयाँ राष्ट्रपतिलाई आजै प्रमाणपत्र प्रदान गरिने निर्वाचन आयोगको तयारी छ ।