हेटौंडा– हेटौंडामा शनिबार आयाजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । जिल्लामा रगतको अभाव हटाउन हेटौंडा इन्फिल्डर्स मकवानपुरले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको कार्यक्रममा ६० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ । रक्तदान कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु सहभागी हुनुभएको हेटौंडा इन्फिल्डर्सका अध्यक्ष दीपेन्द्रचन्द ठकुरी जानकारी दिनुभयो ।