उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड अञ्जन विष्टले जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका विष्टलाई वर्षकाे उत्कृष्ट पुरुष खेलाडीकाे अवार्ड दिएकाे हाे ।
राष्ट्रिय टाेलीबाट सर्वाधिक गाेलकर्ताकाे तेस्राे स्थानमा रहेका विष्टले अवार्ड जित्ने क्रममा फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पारे । अन्जनले विश्व कप २०२२ छनाेटमा चाइनिज ताइपेईसँगकाे खेलमा गाेल गरेका थिए । यस्तै उनले १३ औँ साफ च्याम्पियन्शिपमा श्रीलङ्का र बङ्गलादेशसँगकाे खेलमा गाेल गरेका थिए ।