एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट युवा खेलाडीकाे अवार्ड मनिष डाँगीलाई
उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत उत्कृष्ट वर्ष युवा खेलाडीकाे अवार्ड मनिष डाँगीलाई प्रदान गरिएकाे छ । प्रज्ञा भवन कमलादीमा मङ्गलवार भएको समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य डाँगी वर्ष युवा खेलाडी घोषित भएका हुन् ।
मनिषले विश्व कप छनाेटमा इराकसँगकाे खेलमा उत्कृष्ट गाेल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनशिपकाे उद्घाटन खेलमा आयाेजक माल्दिभ्सँगकाे खेलमा पनि गाेल गरेका थिए । मनिषलाई मच्छिन्द्र फुटबल क्लबलाई शहीद स्मारक ‘ए’ डिभिजन लिगकाे उपाधि पनि जिताएका थिए । मनिषले फुटबलकी प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारी र ब्याडमिन्टनकी रशिला महर्जनलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।
यस्तै पब्लिक च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले पाएकी छिन् । उनले फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् । यस्तै ओलम्पियन पारा खेलाडी पलेशा गोवर्द्धन श्रेष्ठलाई पारा एथलिट अवार्ड प्रदान गरिएको छ । खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।