आज देशभरका मगर समुदायले आफ्नो ४१औँ स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा मगर समुदायको बाहुल्यता रहेका मकवानपुरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम आयाेजना गरिदैछ ।
विभिन्न कारणले लोपोन्मुख रुपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगरभाषा, तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन पनि दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।
दिवशकाे अवसरमा मकवानपुरकाे बागमती गाउँपालिकाले आज बिदा दिएको छ । आइतबार बसेको कार्यपालिको बैठकले मगर समुदायकाे ४१औँ स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले आज मगर स्थापना दिवस र भाेली मंगलबार माझी समुदायको लदि (कोशी पूजा) पर्वको अवसरमा पनि पालिकाभित्र सार्वजनिक बिदा दिईएको छ ।