मकवानपुर – मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद ढकालले अग्रता लिनु भएको छ । उहाँ नेकपा माओवादीकी कुमारी मोक्तानलाई ५०८ मत अन्तरले अगाडी हुनु हुन्छ । कुल १० हजार ९५२ मत गणना हुँदा एमालेका ढकालले ४,९९७ मत प्राप्त गर्नु भएको छ । भने माओबादीका मोक्तानले ४,४८९ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाका उम्मेदवार रामबहादुर घलेले ८३४ मत प्राप्त गर्नु भएको छ । मतगणना जारी छ ।