सांकेतिक तस्विर

हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पुर्व–पश्चिम सडक खण्ड स्थित हेटौंडा–११ थानाभर्याङबाट लागूऔषध गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हाे ।
मनहरी तर्फबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १५८६ र सोही दिशाबाट आउदै गरेको ग ७ ख २२४० नं को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा दुइजनालाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा १५८६ नम्बरको बसमा सवार पर्सा मधुवन गाउँपालिका–२ बस्ने ४० वर्षिय सलामा खातुन र ना २ ख २२४० नम्बरको बसमा सवार हेटौंडा–१५ बस्ने ३२ वर्षिय सामुएल प्रजा रहेकाे प्रहरीले जनाएकाे छ । उनीहरुको साथबाट १० केजी ३५० ग्राम गाँजा फेला पारी अनुसन्धान तथा सोधपुछको लागी नियन्त्रणमा लिईएको जनाएको छ ।