हेटौंडा- नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आज बिहान मतदान गर्नु भएको छ । हेटौंडाको चौकिटोलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो ।
यो चुनावपछी अब राजनीतिक स्थायीत्व हुने र देशको विकास हुने उहाँले वताउनुभयो । आम नागरिकले आफ्नो पाँच वर्षका लागि प्रतिनिधी छान्नका लागि सबैले मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।