मकवानपुर – मकवानपुर प्रहरीले शुक्रबार ४४ किलो लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर–५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन लो लागु औषध गाँजासहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बिहान मनहरी गाउँपालिका–५ जयसिङ स्थित खोलाको किनारामा उनीहरुले बोकेर ल्याएको भारी चेकजाँच गर्दा ४४ किलो लागुऔषध गाँजा फेला परेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उक्त लागूऔषध गाँजा सहित पक्राउ परेका दुवैजना बिरुद्ध थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।











