हेटौंडा – नेपाल खेलकुद महासङ्घका केन्द्रिय अध्यक्ष रमेश पौडेलले खेलाडिका माग र मुद्दालाई लिएर आन्दोलनमा जाने बताउनुभएको छ । शुक्रवार हेटौंडा आउनुभएका महासङ्घका केन्द्रिय अध्यक्ष पौडेलले खेलकुद महासङ्घका पदाधिकारी तथा युवाहरुसङ्गको भेटघाटमा खेलक्षेत्रका समस्या, खेलाडीका माग र मुद्दाको विषयमा महासङ्घले आवाज उठाउने बताउनुभयो ।

No description available.

खेलकुद महासङ्घले राजनितीक एजेन्डा भन्दापनी खेलक्षेत्रलाई अगाडि बढाउने किसिमका एजेन्डाको उठान गर्ने र मुलुकलाई खेल क्षेत्रबाट समृद्ध बनाउने प्रयास रहेको अध्यक्ष पौडेलले बताउनुभयो । देशमा खेलाडिमाथी लगानी कम र प्रतिफल धेरै अपेक्षा गर्नेगरेका कारण खेलक्षेत्रको विकास हुन नसकेको उहाँको भनाई थियो । खेलाडीहरुले भोकभोकै खेल खेल्नुपर्ने बाध्यात्मक अवस्था अझैपनी रहेको भन्दै खेलाडीको आर्थिक सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताउनुभयो । जसकालागी देशको समग्र बजेटको ५ प्रतिशत खेलकुदमा विनियोजित गर्नुपर्ने उहाको माग छ ।

No description available.

राष्ट्रिय स्तरको खेलमा राष्ट्रिय खेलकुद परिषद्ले खेलमा खेलाडीलाई दिने भत्ता ५ हजार बनाउन महासङ्घले माग गरेको छ । हाल राखेपले खेल प्रशिक्षक तथा अफिसियललाई ३५ सय भत्ता दिने र ज्यान दिएर खेल्ने खेलाडीलाई मात्र १५ सय रुपैया खेल भत्ता दिने गरेको बताउनुभयो । राखेपको विभेदकारी नीति विरुद्ध महासङ्घले आवाज उठाउदै आएको बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो(ूराखेप अन्तर्गतका अस्थायी खेल प्रशिक्षकलाई एकमुष्ट स्थायी गरौं भन्ने माग गरिरहेका छौँ । जसले गर्दा प्रशिक्षकले ढुक्कसँग खेलाडीलाई प्रशिक्षण गर्न सक्छन् र सोही अनुरुप क्षमतावान खेलाडी उत्पादन हुन्छन् । हाल भैइरहेको २०९ वटा खेल संघलाई आवस्यकता अनुसार मान्यतादिऔ र सबैलाई प्रशिक्षक नियुक्त गर भन्ने हाम्रो माग छ ।

No description available.

युवा संघको केन्द्रिय अध्यक्ष समेत बनिसक्नुभएका पौडेलले युवा आन्दोलनको क्रममा लामो समय मकवानपुरे र हेटौंडेलि साथिहरुको साथ र सहयोग पाईरहेको स्मरण गर्दै खेलकुदको विकासमा पनि मकवानपुरे युवाहरुको साथ पाउने अपेक्षा गर्नुभयो । नेपालको युवा आन्दोलनबाट मुलुक समृद्धिको बाटोमा अघि बढेको भन्दै मुलुकको विकासको मोडल केपि ओलिले स्थापित भएको बताउनुभयो । अध्यक्ष पौडेलले मुलुकमा ३ किसिमका विकासका मोडल प्रतिपादन भएको औल्याउँदै पहिलो तत्कालिन राजा त्रिभुवनको पालामा, दोश्रो बिपि कोइराला र तेस्रो पुर्व प्रधानमन्त्री एवं एमाले पार्टी अध्यक्ष केपि ओलिको रहेको दाबी गर्नुभयो । केपि ओलिको पालामा मात्र जनताले विकासको अनुभुती गर्न पाएका भन्दै आगामी चुनावबाट पनि केपि ओलिले देशको नेतृत्व गर्ने दाबीसमेत गर्नुभयो । जसकालागी एमालेलाई बलियो बनाउने गरि युवा र खेलाडी लाग्न समेत उहाले आव्हान गर्नुभयो । कार्यक्रममा महासङ्घ केन्द्रीय उपमहासचिव रामकृष्ण खड्का, केन्द्रिय उपमहासचिव धरम लामा, युवा संघ नेपाल केन्द्रिय स्थायी सदस्य तथा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं, युवा संघ मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती, खेलकुद महासङ्घ बागमती प्रदेश सचिव जेन श्रेष्ठ, जिल्ला संयोजक हेटौंडा उपमहानगर खेलकुद विकास समिती अध्यक्ष चन्द्र शाही, युवा संघ नगर संयोजक राजेश नगरकोटी लगाएतको उपस्थिति रहेको थियो ।