हेटौंडा- बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमिण पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा रहेको त्रिभुवन माध्यमिक बिद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । यो चुनाबबाट अब मुलुकले कोल्टे फेर्ने वताउनु भएको छ । चुनावपछी नागरिकको अपेक्षा पुरा हुने उनले वताए ।
यसैगरी नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले आज बिहान मतदान गर्नु भएको छ । हेटौंडाको चौकिटोलमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नु भएको हो । यो चुनावपछी अब राजनीतिक स्थायीत्व हुने र देशको विकास हुने उहाँले वताउनुभयो । आम नागरिकले आफ्नो पाँच वर्षका लागि प्रतिनिधी छान्नका लागि सबैले मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।