मकवानपुर । चुनावी प्रचार प्रसारमा रहेका उम्मेदवारहरु मतदाताको घरदैलोमा रहदा उनिहरुले स्थानीय उम्मेदवारलाई जिताउन लागि पर्ने बताउने गरेका छन । शहर केन्द्रित राजनीति गर्ने नेताले गाउँको समस्या समाधान गर्न नसक्ने भन्दै मतदाताहरुले स्थानीय उम्मेदवारलाई जिताउनु पर्ने बताउदै आएका छन् ।
बुधबार राक्सिराङका मतदाताहरुको समेत मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार लाल बहादुर थापालाई जिताउने बताएका छन । थापा त्यहाँका स्थानीय नेता हुन । राक्सिराङका अधिकाँश मतदाताले थापाको प्रसार प्रसारमा गाउँका आवश्यकता पुरा गर्ने नेता चाहिएको बताएका थिए । उनीहरूले यसपटक आफूले रोजे जस्तो नेता थापा पाएको बताएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार थापा घरदैलोमा रहदा स्थानीयले भने गाउँको बिकास गर्न र आबश्यकता पुरा गर्न नभुल्नु ।
‘म यहिको स्थानिय पनि हुँ मलाई यहाँको माया छ र समस्या सबै थाहा छ,म विकास गर्न आएको हुँ’ जवाफमा थापाले भने- आफू विजय पश्चात पहिलेका नेताको जस्तो गल्ती गर्दिन र सरकारबाट गाउँको विकासका लागि योजनाहरु ल्याउने छु ।’ गाउँलाई उत्पादन जोड्दै ग्रामिण सडकको निर्माण र स्तरोन्नती गरेर गाउँका उत्पादन शहरमा पुर्याउने ब्यबस्था मिलाउने र यसले केहि हदसम्म बेरोजगारी हुने थापाले बताए । साथै आफूले ग्रामीण समस्या तथा समाधानको लागि सधै लागि पर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।