काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीचको छलफल सकिएको छ । नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ । ‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खुसीको कुरा हो’, नेम्वाङले भन्नुभयो ।