मकवानपुर – सामुदायिक सेवा केन्द्र मकवानपुरले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स सञ्चालन कोषमा आर्थिक सहयोग प्राप्त भएको छ । सामुदायिक सेवा केन्द्रले अक्षय कोष स्थापना गरेर यसै वर्षबाट सुरु गरेको निशुल्क एम्बुलेन्स सञ्चालन अक्षय कोषमा हेटौडा ४ का ओझा परिवारले नगद २५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको हो ।
ओझा परिवारले आफ्नो आमाको तिथि पारेर नगद सहयोग गरेका हुन् । स्वर्गीय पिता रेवती प्रसाद ओझा र स्वर्गीय माता दुर्गा देवी ओझाको स्मृतिमा नगद २५ हजार पाँच सय पचपन्न सहयोग गर्नुभएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम बिष्टले जानकारी दिनुभयो । कोरोना महामारीका बेला केन्द्रले गरेको कार्यबाट प्रभावित भएर सहयोग गरेको कृष्ण हरी ओझाले बताउदै थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा केन्द्रका अध्यक्ष बिष्टले कोरोनाको विषम परिस्थितिमा निःशुल्क रूपमा मकवानपुरबासीलाई एम्बुलेन्स सेवा दिएको जानकारी दिनुहुँदै यस्तै मनकारी सामाजिक उत्तरदायित्व बुझेकालेहरूले गर्दा केन्द्रलाई सेवा गर्न सहज भएको बताउनुभयो । साथै उहाँले अक्षय कोष अभियानमा जोडिन समेत सम्पूर्णलाई आग्रह गर्नुभयो । कार्यक्रममा सामुदायिकका सदस्य अच्युत मिश्र, नबराज कोइराला, प्रहरी हबल्दार टोप बहादुर कुमाल, लिला गुरौ, ओझा परिवार लगाएतको उपस्थिति रहेको थियो।











