राष्ट्रपति कार्यालय

हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद् पूनर्गठन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद् नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा पूनर्गठन गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पूनर्गठित मन्त्रिपरिषद्अनुसार रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ भने यसअघि उपप्रधानसहित रक्षा मन्त्री रहनुभएका इश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पार्वत गुरुङ, शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने बताइएको छ ।

No description available.