मकवानपुर । प्रतिनिधिसभा क्षेत्र नं २ का एमाले उम्मेदवार महेश बतौलाले युवाले अवसर पाँउदा काम गर्न सक्ने प्रमाणित गर्ने बताएका छन । आफू पहिलोपटक युवाहरुको प्रतिनिधित्व गर्दे निर्वाचनमा होमिएकोले युवाहरुले अवसर पाउँदा काम गर्न सक्छन भन्ने प्रमाणित गरेर देखाउने बताएका हुन ।
बुधवार नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले ज्यामिरेमा आयोजना गरेको चुनावी कार्यक्रममा बतौलाले मकवानपुरमा लामो समयपछि पहिलो पटक युवाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेको बताउदै उक्त अवसरलाई सदुपयोग गरि देखिने र जनताले महसुस गर्ने गरि काम गर्ने बताएका हुन । बर्तौलाले गठबन्धनका उम्मेदवारलाई लक्षित गर्दै भने एउटै नेता लामो समयदेखि मकवानपुर क्षेत्र नं २ बाट निर्वाचित हुदै आएता पनि जनताको समस्या जहाँको त्यही रहेको बताए । आफू निर्वाचत भए पश्चात जनताका हरेक समस्या समधान गर्ने जनता संगै रहने बताए ।
‘मनहरी गाउँपालिकाका जनताले लामो समयदेखि मध्यवर्ती क्षेत्रको त्रुटीपुर्ण कानूनका कारण समस्या भोगिरहेछन’ उनले भने नीतिगत निर्णय गरी समस्या समाधानको पहल गर्छु ।’ यस्तै यस क्षेत्रका सय जना ट्रयाक्टर व्यवसायीहरुले निकुञ्जका कर्मचारीको कारण आफ्नो व्यवसाय राम्रोसंग गर्न नपाएको बताउदै बालुवा भर्ने, बालुवा चाल्ने, गिट्टी भर्ने लगाएत समान्य परिवारको जनताले पनि राम्रोसंग गरिखान नपाएकोमा दुख ब्यक्त गरे । आफनो क्षेत्रमा लामो समयदेखि रहेको यस्ता जनजीविकाका समस्याको अन्त्य गर्दै दिर्घकालिन रुपमा समाधानको लागि काम गर्ने बर्तौलाको भनाइ रहेको थियो । समस्या रहेको क्षेत्रमा सुधार आवश्यक रहेकोले आफुँ विजयी भएपछि यहि क्षेत्रबाट काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कार्यक्रममा एमाले नेता कार्यकर्ता लगाएत जनताको उत्साहजनक सहभागिता रहेको थियो ।