हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गठबन्धनले जनताको मत हाल्न पाउने अधिकारलाई कुठाराघात गरेको बताउनुभएको छ ।
आफ्नो पार्टीमा भोट हाल्न पाउने अधिकारलाई रोकेर गठबन्धनको नाममा उम्मेद्बारी नै नदिएको बताउनुभयो । मंगलबार हेटौंडा १४ मा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा बोल्दै नेकपा एमालेको सरकार बन्नु बाहेकको विकल्प नभएको समेत प्रष्ट पार्नुभयो ।
बहुमत आउन सक्ने भन्दा कम क्षेत्रमा उम्मेद्बार खडा गरेर बहुमत ल्याउने सबै पार्टीले अस्तित्व गुमाएको पनि उहाँले बताउनुभयो । बहुमत बन्ने हैसियतमा एमाले मात्र रहेको पौडेलले बताउनुभयो । बहुमत ल्याउन नसक्ने गरि उम्मेद्बार दिने पार्टीले देशको भलो गर्न नसक्ने भन्दै उहाँले भन्नुभयोू गठबन्धनका मान्छे पुर्ब जानुपर्ने पश्चिम जान्छन् पश्चिम जाने पुर्व जान्छ्न, यस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन् । गठबन्धनको अहिलेको योजना लुट्ने र खाने मात्र भएको भन्दै यस्तो प्रवृत्तिलाई निर्वाचन बाट पछार्नुपर्ने बताउनुभयो । सडक, स्वास्थ शिक्षालगायतका धेरै बिकासका काम गरेको र अझै पनि गर्न बाकी रहेले एमालेले मत पाउने उहाँको भनाई थियो । बिकास चाहने हो भने एमालेको सरकार बन्नुपर्ने भन्दै २० औं ३० औं बर्ष देखि नभएको बिकास एमालेको पालामा भएको स्मरण गर्नुभयो ।
एमाले सरकारले छोटै समयमा धेरै काम गरेपनी बर्तमान सरकार बिदेशीको लागि कम्फर्टेबल सरकार बनाउन लागि परेको बताउनुभयो । अहिले हामीले बिदेशीको लागि नभई नेपालीको लागि सरकार निर्माण गर्नुपर्ने भन्दै एमाले मात्र त्यस्तो पार्टी भएको उहाँको भनाई छ । गठबन्धनको सरकार बने ५ बर्ष पछाडि हुदै यसको असर २० औं बर्ष सम्म रहनसक्ने तर्फ सचेत गराउनु भयो । जनताको काम गर्न के पी ओलि अझै पनि जनताको काममा रातदिन खटिरहेको पनि उहाँले बताउनुभयो । गठबन्धनको प्रधानमन्त्री को भन्ने मै रुमलिने हुँदा बर्बादीको दिशामा देशलाई जान नदिन एमाले सरकारका लागि जनताको मतको अपेक्षा गरेको जानकारी दिनुभयो । यस्तै मयुरधाप औद्योगिक क्षेत्रको सुरुवात भएपछि १४ नम्बर वडाबासीले प्रत्यक्ष लाभ लिने उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापा, मकवानपुर १ (ख) का उमेदवार एकालाल श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, इन्द्रमान स्याङ्तान, मकवानपुर निर्वाचन परिचालन कमिटी सह संयोजक श्रीधर पोख्रेल, जिल्ला सचिवालय सदस्य मदन दाहाललगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी मंगलबार नै एमालेका उम्मेद्बार कमल थापा र एकालाल श्रेष्ठले हेटौंडा ५ र १५ नम्बर वडमा घरदैलो गर्दै कोणसभालाई सम्बोधन पनि गर्नुभएको छ ।