हेटौंडा । राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले पाँच दलिय गठबन्धनले सार्वजनिक गरेको पाँचै दलका घोषणापत्रमध्ये कुन पार्टीको कार्यान्वयन गर्ने भन्ने समस्या हुँदा पनि अहिले सबै दलका घोषणापत्र कार्यान्वयन गर्छौ भनेर झुटको खेती गरिरहेको बताएका छन् । बुधवार नेकपा एमाले निर्वाचन परिचालन कमिटी, हेटौंडा ५ को आयोजनामा गरेको जनसंगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेतर्फबाट मकवापुर प्रतिनिधि सभा क्षेत्र नं –१ का उम्मेद्वार समेत रहेका थापाले पाँचै दलको घोषणा पत्र छुट्टा छुट्टै सार्वजनिक गरेर जनता झुक्याउने काम मात्रै भएको बताएका हुन् ।
‘पाँच दलिय गठबन्धन भनेको छ । पाँचै पार्टीको घोषणा पत्र सार्वजनिक गरिएको छ । गठबन्धनले जितेको अवस्थामा कुन पार्टीको घोषणा पत्र कार्यान्वयन गर्ने गठबन्धनका दलले यस्ता झुटका खेती गरेर जनता झुक्याउने काम पाँच दलिय गठबन्धनले गरिरहेको छ । भ्रममा नपर्न म सबैलाई आग्रह गर्दछु ,’ थापाले भने । उनले नेकपा एमालेको विरुद्धमा बनेको पाँच दलिय गठबन्धनले चुनवा जिते देश अस्थिरतामा र भ्रष्टचारको दलदलमा फस्ने समेत बताए । पाँच दलिय गठबन्धन सत्तामा पुग्न र कुर्सिमा बस्न विदेशीसँग सहयोग मागिरहेको समेत आरोप लगाए । उनले राष्ट्रवादी पार्टी एमालेलाई नजिताए नेपाल श्रीलंकको अवस्था पुग्ने बताए । थापाले आगामी मंसिर ४ गतेको निर्वाचन राष्ट्रवादी पार्टी एमाले र विदेशीहरुले खडा गरिएको गठबन्धनको अराजकता र कठपुतली सरकारबीच प्रतिस्पर्धा भएको बताए । थापाले केपी ओलीको सरकारले संयौ गुणा राम्रा काम गरेको भन्दै देशलाई बचाउन एमाले जिताउनुबाहेक अर्को विकल्प नभएको बताए । थापाले आफुले चुनाव जिते जसरी राजधानी बनायो त्यसैगरी हेटौंडालाई देशकै नमुना राजधानी बनाउन पहल गर्ने बताए ।
Home निर्वाचन विशेष पाँचदलिय गठबन्धनले पाँच वटै घोषणापत्र कार्यान्वयन गर्ने भनेर झुटको खेती गर्दैछन्– कमल...