हेटौंडा । नेपाल कम्युनिस्ट पाटी एमाले थाहा नगरपालिका कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन भएको छ । कार्यक्रममा क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले विष्णु प्रसाद ढकालले आफू बिद्यार्थी काल देखि नेकपा एमालेको कमिटिमा लागेर काम गरेकोले सुखी नेपाली समृद्ध नेपालकी लागि आफू सङ्ग स्पष्ट खाका रहेकोले सबैले सूर्यमा मतदान गर्नुपर्ने बताउनुभयो ।
एमालेसंग स्पष्ट भिजन र नेतृत्व गरेर काम गर्ने भएकाले पनि मतदान गरेर निर्वाचित गराउन आग्रह गर्नुभयो । ढकालले आफू सङ्ग चुनाव लडिरहेकी कुमारी मुक्तान यश क्षेत्रको नभै टुरिष्ट उमेदवार भएको र यस पालुङको बिकास र परिवर्तनको लागि आफुले चुनाव जितन आवस्यक रहेको वताउनुभयो । पालुङको स्थानिय नागरिक पनि भएकाले जुनसुकै दलमा आवद्धहरुले पनि आफुलाई मतदान गर्ने बिस्वास व्यक्त गर्नुभयो । जनताको भावना अनुसारनै कुनै काम गर्ने आश्वासन दिदै आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । ढकालले आफु र सघिय उमेदवार महेस बर्तौलाइ पनि यसै क्षेत्र र सक्षम युवा भएकोले दुवैले चुनाव जित्दा जनताको भावना अनुसार काम गर्न कुनै समस्या नहुने बताउनुभयो । कार्यक्रममा एमाले मकवानपुरका उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले निर्धक भएर सूर्य चुनाव चिन्हमा मतदान गर्न उपस्थित कार्यकर्तालाइ अनुरोध गर्नुभयो । गठबन्धन प्रती कटाक्ष गर्दै बिरोध खतिवडा आफुले आफैलाइ बदमास र फटाहा भन्दै जनता माझ गैरहेकोले चुनाब एमालेले जित्न कुनै समस्या नरहेको प्रस्ट पार्नुभयो ।