शेयर बजार परिसूचक नेप्से आज आइतवार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलव ६५ मा सीमित भएको छ ।
यस्तै, ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलव ९४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर रु ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए ।
यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल रु. दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्योरेन्स रु. दुई करोड ३० लाख चार हजार एक सय ८३, नविल बैंक रु. दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट रु. एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलव ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव ६०, घलैम्दी हाइड्रो पाँच दशमलव ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलव ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ६७ प्रतिशतले कमाएका छन् ।
यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलव ९२, एनआइबीएल प्रगति फण्ड पाँच दशमलव ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३३ प्रतिशतले गुमाएका छन् ।