हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा नेकपा एमालेको कार्यकर्ता भेला भएको छ । एमाले तथा राप्रपा नेपालका नेताहरुले प्रतिनिधीसभाका उम्मेदवार कमल थापा र प्रदेशसभा (क) का उम्मेदवार कमल बिष्टलाई जिताउन जनतामाझ नेताहरुको अनुरोध गरेका छन् । एमालेका केन्द्रीयस्तरका नेताहरु कृष्ण प्रसाद दाहाल, रामेश्वर राना, डोरमणि पौडेल लगायतका नेताहरुले दुवैजना उम्मेदवारलाई जिताउनका लागि आग्रह गरेका छन् ।
नेकपा एमालेका निवर्तमान प्रतिनिधिसभा सांसद कृष्ण दाहाल आज पहिलो पटक एमालेबाट उम्मेद्वार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पक्षम मत माग्न उपस्थित भएका छन् । एमालेले बागमती गाउँपालिकामा गरेको चुनावीसभामा उनले कमल थापालाई जिताउन अनुरोध गरे । चार पटकको चुनावी प्रतिस्पर्धी थापालाई मत माग्दै दाहालले नेपाली समाजमा ‘अतिथि देब भव’ भन्ने प्रचलन रहेको भन्दै आफुहरुको घरमा आएका अतिथिलाई सम्मानपूर्वक विजयी बनाएर सन्देश दिनको लागि एमाले कार्यकर्ताहरुलाई अनुरोध समेत गरे ।
नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ का उम्मेद्वार कमल विष्टले एमालेले जितेको अवस्थामा मात्र मकवानपुरको विकास संभव हुने बताएका छन् । बागमती गाउँपालिकामा भएको चुनावी सभामा बोल्दै उम्मेद्वार बिष्टले एमाले उम्मेद्वारहरु मात्र जनताको दुखसुखबारे जानकार रहेको बताउँदै एमाले बाहेकका उम्मेद्वारहरुले जिते मकवानपुरको विकास धेरै पछि पर्ने दाबी गरे ।
मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा ‘क’ मा यस अघि विजयी भएका उम्मेद्वारले सिन्को नभाचेको बताउँदै विष्टले यस क्षेत्रको विकासको लागि एमालेलाई मत दिन उनले अनुरोध समेत गरे । एमालेसँग विकासको अजेण्डाहरु रहेको भन्दै यहाँ रहेको सुकुम्वासी समस्या देखि नदि कटान, तटबन्धन, सडक तथा विद्युतिकरण लगाएतका ठुला समस्याहरुको समाधानको लागि एमालेको जित अनिवार्य रहेको उनले दाबी गरे । कुनै समयमो गलत बाटोलाई बदल्दै सहि बाटोमा कमल थापा आएको भन्दै दाहालले पार्टीको निर्णय बमोजिम कमल थापालाई मत हाल्न कुनै पनि हिचकिचाहट नगर्न कार्यकर्तालाई अनुरोध समेत गरे । देशको राजनीतिक अवस्थाको कारण केहि दलसँग तालमेल गर्नुपर्ने अवस्था सृजना भएको भन्दै उनले एमालेले जितेमात्र देशले समृद्धि हाँसिल गर्ने बताए । कार्यक्रममा क्षेत्र नंबर १ का उम्मेद्वार कमल थापाले एमालेको कार्यदिशा र देशप्रतिको इमान्दारिताको कारण आफुहरु नजिक भएको बताए । एमालेको चुनाव चिन्हबाट चुनावमा भाग लिन पाउनु आफुहरुको लागि महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो ।
Home निर्वाचन विशेष बागमतीमा एमालेको कार्यकर्ता भेला, कमल थापा र कमल बिष्टलाई जिताउन जनतामाझ नेताहरुको...