गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब १४ स्वर्ण, ११ रजत र १० कांस्यसहित ३५ पदक साथ पहिलो स्थानमा रहेको छ । बागमती प्रदेश ५ स्वर्ण, ३ रजत र २ कास्य गरी १० पदकका साथ दोस्रो स्थानमा छ । त्यसै गरी अर्को विभागीय एपिएफ क्लब ४ स्वर्ण, ६ रजत र ७ कास्य गरी १९ पदकका साथ तेस्रो स्थानमा रहेको छ । पुलिस क्लब २ स्वर्ण, १ रजत र ३ कास्य गरी ६ पदक साथ चौथो स्थानमा छ । एनआरएन ३ स्वर्ण र १ रजतसहित ४ पदकका साथ पाचौं स्थानमा रहेको छ ।
गण्डकीले प्रदेश १ स्वर्ण र ६ रजत पदक प्राप्त गरेको छ भने सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र ३ कास्य पदक प्राप्त गरेको छ । प्रदेश १ ले ३ रजत पदक हात पारेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले २ कास्य पदक प्राप्त गरेको छ । कर्णाली प्रदेश र मधेश प्रदेश पदकविहीन छन् ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङ र लमजुङ बाहेक सबै जिल्लामा जारी प्रतियोगितामा बाँकी सहभागी टिमले पदकको खाता खोल्न सकेका छैनन् । कार्तिक ३ गतेसम्म जारी रहने राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।
यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।