नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाएको छ । आइतबार पोखरामा प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा एक जना पाइलटको ज्यान गएपछि क्यानले उडान गर्न रोक लगाएको हो । प्राधिकरणले अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङका सबैखाले उडान रोकिने जनाएको छ ।











