file photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको छ । आयोगले आज भ्रष्टाचारसम्बन्धी पाँच वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ । मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालिकोटका तत्कालीन ‘एलएपिए’ कार्यक्रमका संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्राविधिक सहायक रत्नप्रसाद पाण्डेविरुद्ध अख्तियारले छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो ।