सांकेतिक तस्विर

पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयाे । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो । जेठ २६ बाट लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा अवरुद्ध थियो । अब नागरिक उड्डयन मन्त्रालयले हवाई उडानसम्बन्धी प्रोटेकल बनाउनेछ र, त्यसअनुसार भदौ १ बाट सेवा सुरु हुनेछ ।