file photo

काठमाडौंं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरुलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले गठबन्धन सरकार र भोट आफूहरूका लागि साध्य नभएको पनि जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक बहुमतबाट पारित भएको भोलिपल्ट आज माओवादी नेता श्रेष्ठले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँको दल माओवादी केन्द्रसहित सत्तारुढ गठबन्धनका दलहरूले प्रतिनिधिसभाबाट विधेयक पारित गरेका थिए । नेता श्रेष्ठले भने विधेयक पारित भएकोमा खुसी व्यक्त गर पनि विधेयकमा व्यवस्था भएको वैवाहिक अंगीकृतले नागरिकता पाउने प्रावधानबारे असहमति जनाउनुभएको छ । साथै यसको प्रक्रियामा पनि उहाँको असन्तुष्टि देखिएको छ ।