सांकेतिक तस्विर

मकवानपुर । मकवानपुरकाे बिकट राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बुधबार राक्सिराङ गाउँपालिका–४ स्थित, मनहरी खोलाको गोराङ्दी दोभानमा खोला तर्ने क्रममा बगाउँदा एक जनाकाे मृत्यु भएकाे हाे । खाेलाले बगाएर अर्का एकजना बेपत्ता भएकाे राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयाे ।
कैलास कालिकाटरबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा सांझ ५ बजे तिर घटना भएको हो । उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेको तत्काल खोजी गर्दा कैलाश गाउंपालिका ७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो । गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्को एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुंदा हुदै खोलै खोला हिड्दा दुर्घटना भएको उहँँले बताउनुभयाे । उद्दारको लागि राक्सिराङको चैपुरबाट प्रहरी टोली, गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ र स्थानीय युवाहरू अहिले राती पनि खटिरहेको अध्यक्ष मल्लले बताउनुभयाे ।