मकवानपुर – सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई जिल्ला समन्वय समितिले कार्यान्वयनमा ल्याएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले कार्यालय परिसरमा ४० माइक्रोन भन्दा कम तौलको प्लाष्टिकको प्रयोग नगर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

No description available.

टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–२ ले आयोजना गरेको प्रतिवद्धता कार्यक्रममा हस्ताक्षर गर्दै प्रमुख घलान, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्यहरुले प्रतिबद्धता जनाउनु भएको हो । कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख खुलालले जलवायु परिर्वतनमा समेत असर पर्ने ४० माइक्रोनभन्दा मुनिको प्लाष्टिक झोला श्रावण १ गते बाट प्रतिबन्ध लाग्ने भएको हुँदा बैकल्पिक झोलाको प्रयोग गर्नु पर्ने बताउनुभयो । उहाँले अभियानलाई जिल्ला स्तरमै कार्यान्वयन गर्न समन्वय गर्ने प्रतबद्धता समेत जनाउनुभयो ।

No description available.