मकवानपुर – हेटौंडा उपमहानगरपालिका–९, स्थित श्रीकृष्ण आदर्श बोर्डिङ स्कुलले राष्ट्रिय धान दिवस मनाएको छ । विद्यार्थीलाई शिक्षासँगै व्यवहारिक ज्ञान समेत प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथ विद्यालय परिसरमै धान रोपेर, दहिचिउरा खाएर धान दिवश मनाएको हो ।
कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती भएको तर, बालबालिकाहरुमा त्यसको ज्ञान कम हुन थालेको हुँदा त्यस्तो व्यवहारिक ज्ञान समेत मिलोस भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नविन केसीले बताउनुभयो । विद्यालयले व्यवहारिक शिक्षाको साथ साथै संस्कृति जगेर्नालाई समेत ध्यान दिएको उहाँले बताउनुभयो । नेपालमा हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवश मनाउने तथा दहि चिउरा खाने गरिन्छ । दहि चिउरा खाने हाम्रो परम्परा समेत रहेकाले बालबालिकामा त्यसको ज्ञान मिलोस भनेर विद्यालय परिसर भित्रै धान रोपेर र दहि चिउरा खाएर दिवश मनाईएको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेकाे छ ।