हेटाैंडा – दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्लभ सापकोटालाई पदमै बहाल राख्न उच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायधिश साबीर हुसेन र मेरिना श्रेष्ठको इजलाशले सापकोटालाई हटाउने बागमती प्रदेश सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो ।
उनलाई पदमै रहेर काम गर्न दिन र सेवा सुबिधा नरोक्न समेत सरकारका नाममा उच्च अदालतले परमादेश जारी गरेको हो । अदालतको आदेशसंगै आफ्नो ४ बर्षे कार्यकालका लागि काम गर्न सापकोटालाई बाटो खुलेको छ । सापकोटाका तर्फबाट अधिबक्ता मदन दाहाल, बालकृष्ण अधिकारी र मन प्रसाद भट्टराईले बहस गरेका थिए ।
Home प्रदेश बागमती प्रदेश बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष सापकोटालाई पदमै रहेर काम गर्न अदालतको...