मकवानपुर – हेटौंडामा सम्पन्न सातौं हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एविसी भेट्रान्स पोखराले जितेको छ । हेटौँडा ५ क्याम्पा चौरमा शनिबार भएको फाइनल खेलमा नागस्वती भेट्रान्स हेटौंडालाई २–१ गोल अन्तरले पराजित गर्दै एविसीले उपाधि कब्जा गरेको हो ।
फाईनल खेलमा पोखराले सातौं मिनेटमा हरि खड्काको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । तर, खेलको १७ औं मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा पोखराको तर्फबाट नरेन्द्रजंग गुरुङले थप एक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए । निकै नै प्रतिष्पर्धात्मक खेलमा थप गोल हुन नसकेपछि पोखरा उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ द म्याच पोखराका नरेन्द्रजंग गुरुङ घोषित हुनुभयो ।
उपाधिसंगै पोखराले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त प्राप्त गरेको छ । भने, उपविजेता बनेको नागस्वती भेट्रान्सले नगद ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त ग¥यो । खेलको उत्कृष्ट गोल किपर पोखराका सुर्य शर्मा, प्रशिक्षक पोखराकै सुरज गुरुङ, मिड फिल्डर पोखराकै महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी पोखराकै विश्वराज श्रेष्ठ घोषित हुँदा उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित घोषित हुदैं ट्रफि र जनही पाँचपाँच हजार नगद सहित पुरस्कृत हुनुभयो । विजेता र उपविजेता टोलीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गर्नुभएको थियो ।