मकवानपुर – रोटरी क्लब अफ हेटौंडाले आयोजना गरेको निशुल्क आँखा शिविरमा शनिबार ८६९ जनाको आँखा परिक्षण गरिएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रममा शनिबार मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण गरिएको हो ।

परिक्षण गरिएका मध्ये एकसय ५४ जना मोतिबुन्दुका बिरामीहरू भेटिएको र उनीहरुको शल्यक्रियाका लागि छनौट गरिएको शिविर संयोजक अर्जुन सुवेदीले जानकारी दिनुभएको छ । आइतबार देखि मंगलबारसम्म उनीहरुको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।
विरामीलाई शिविरस्थल देखी अस्पताल सम्म ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पु¥याउने सबै व्यवस्थापन रोटरी क्लबले गर्ने अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो । यसका लागि अष्ट्रेलियाका डेबिट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको उहाँले बताउनुभयो । क्लबले रोट्याक्ट क्लब अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा पौष २ गते, रौतहटको बृन्दावनमा १ र ३ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरी हाँडिखोलामा निशुल्क आँखा शिविर गरेको थियो ।