मकवानपुर – शसस्त्र द्धन्दका बेला शहिद हुनु भएका मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीका प्रीत कुमार मोक्तानको समृतिमा पर्क निर्माण सुरु भएको छ । मनहरी–१ चकरीमा शहिद मोक्तानको समृतिमा निर्माण हुन लागेको पार्कको मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्नु हुँदै प्रमुख घलानले पार्क निर्माणले शहिद प्रीत मोक्तनलाई जिवन्त राख्न मद्धत गर्ने बताउनुभयो । प्रीतले देश र जनताका लागि आफ्नो जिवन बलिदान गरेर निकै ठुलो गुण लगाउनु भएको भन्दै उहाँले पार्कलाई व्यवस्थित बनाउन सुझाव दिनुभयो । करीब ६ विगाहा क्षेत्रफलमा फैलीएको पार्कमा प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि १५ लाख र आगामी आर्थिक वर्षका लागि २० लाख बजेट विनियोजन गरिएको छ । पार्कमा ट्री हाउससहितको व्यवस्थित सञ्रचनाहरु निर्माण गरेर पर्यटन प्रबद्र्धन गर्ने लगायतका योजना रहेको बताईएको छ ।

प्रीत कुमार मोक्तान स्मृति पार्क व्यस्थापन समितिका अध्यक्ष ईन्द्रजीत घलानको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर, मनहरी–१ का वडाअध्यक्ष शिव खनाल, जिल्ला समन्वय समितिका सदस्य बिरेन्द्रकुमार लामा, हेटौंडा–९ का वडा सदस्य बिष्णु राना, नेकपा माओवादीका प्रदेश सचिवालय सदस्य ज्वाला घलान, मकवानपुर जिल्ला सचिव भीम पाख्रिन, स्थानीय वन समितिका अध्यक्ष बंगर गोपाल कंडेललगायतको उपस्थिती थियो ।