
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज धुलिखेलमा केयूको २५ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गर्नुभयोे ।
प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटोमा आगाडि बढेको बताउनुहुँदै उहाँले नेपालमा उत्पादित चिकित्सा जनशक्ति विश्वस्तरको रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले केयूमा आज दिक्षितहरुमध्ये ५४ प्रतिशत छात्रा रहेकोमा खुशी व्यक्ति गर्नुुहूँदै नयाँ पुस्तालाई उत्साह र अत्मविश्वासका साथ बढ्न आह्वान गर्नुभयो ।
समारोहमा केयूका उपकुलपति प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरिएको थियो । केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् ।