मकवानपुर– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले उत्पादनमुखि कामलाई प्राथमिक्ता दिएको बताउनुभएको छ । शुक्रबार मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे र ईपा क्षेत्रको भ्रमणका क्रममा उहाँले आधारभुत आवश्यत्ता र समानान्तर विकासको अवधारणका साथ उत्पादनमुखि क्षेत्रलाई प्रदेश सरकारले प्राथमिक्ताका साथ अगडी बढाएको बताउनुभएको हो ।
भैगोलीक विकटता संगै खानेपानी र सडक पुर्वाधारको समस्या रहेको उक्त क्षेत्रमा प्रदेश सरकारले खानेपानी र सडक पुर्वाधारको सुनिश्चितता गर्ने बताउनुभएको छ । खानेपानी पहिलो आवश्यकता भएको भन्दै मुख्यमन्त्री पौडेलले हरेक जनताको घरमा खानेपानीको धारा जडान गर्ने योजनाका साथ काम अगाडी बढेको जानकारी दिनुभयो । आधारभुत आवश्यकता पछि अन्य आबश्यकताहरु आउने मुख्यमन्त्री पौडेलको भनाई थियो । सबै जनताको घर अभाव रहित भए मात्र सम्बृद्ध नेपालको यात्रा सम्बभ हुने बताउनुभएको छ । सरकारले हरेक नेपालीलाई उत्पादनसँग जोड्ने गरी योजना बनाइरहेको समेत उहाँले बताउनुभयो । हरेक नागरिकले हरेक काम गर्दा उत्पादनलाई ध्यान दिनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले सबैलाई उत्पादन मुखी काम गर्न आग्रह गर्नुभयो ।
यसैगरी मुख्यमन्त्री पौडेलले भौतिक बिकास संगसंगै अन्य सामाजिक बिकासलाई पनि अगाडि लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“हरेक घरका बालबालिकाहरुले पढ्ने वातावरण पाउनुपर्छ, हरेक ज्यष्ठ नागरीकले आफ्नो खुशी अनुभब गर्न पाउनुपर्छ ।” भौतिक विकासलाई मात्र बिकास नठान्न आग्रह गर्दै अन्य विकासलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो । बिकासका पूर्वाधारबाट हरेक ठाउँ बिकास हुनुपर्ने भएपनि बिकासका नाममा बिनास गर्न नहुने कुरामा पनि सजग गराउनुभयो ।
मुख्यमन्त्री पौडेलले सुरुङ मार्ग निर्माणको चरणमा रहेको, हेटौंडामा चिकित्सा शास्त्रको अध्ययन सञ्चालन गरिने गरी शिक्षण अस्पतालको सुरुवात भइसकेको, प्रति वर्ष २५ सय प्राविधिक उत्पादन हुनेगरी प्राविधिक महाविद्यालय निर्माण धमाधम भइरहेको, सिन्धुली र चितवनमा सामुहिक खेतीको काम भई रहेको, जिल्लागत बिषेशताका आधारमा कृषि उत्पादनको लागि काम सुरु भएको लगायत प्रदेशमा थुप्रै कामहरु भएको जानकारी दिनुभयो । कृषि उत्पादन बृद्धि गर्न सरकारले सिंचाइँ, मलखाद, विउ विजन आदिको उचित व्यवस्थापनका गर्ने बताउदै पशुपालन, तरकारी खेति जस्ता रोजगार मुलक कृषिका लागि अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“उत्पादित कृषि उपजको भण्डारणका लागि शीत भण्डार निर्माण र बजारीकरणको व्यवस्थाको काम पनि सुरु भएको छ ।” सामुहिक खेतीको अवधारणा ल्याएर काम गरे प्रदेश सरकारले सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
त्यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले हिजोको अबस्था भन्दा अहिलेको अवस्था फरक भएको भन्दै फरक अबस्थामा फरक ढंगबाट काम गर्नुपर्ने बताउनुभयो । ब्यबस्था परिबर्तन संगै अब बिकासको बाटो पनि परिबर्तन हुने र यसका सबैको सहा.कार्य आवश्यक हुने उहाँको भनाई थियो । उहाँले समृद्धि प्राप्त गर्न स्थानीय स्तरबाट लाग्नु पर्ने भन्दै सधैं सरकारले मात्र गर्देला भन्ने मनोभावनाबाट बाहिर निश्कनु पर्ने बताउनुभएको छ । सङ्घीयतापछि स्थानीय तहको निर्वाचन र प्रदेश सरकारको गठनपछि जिल्लाका विकट क्षेत्र पनि विकासको मूलधारमा समाहित भएको उल्लेख गर्दै प्रमुख खुलालले सरकारको योजनामा स्थानीय चासो र चिन्ता आवश्यक रहेको बताउनुभयो । त्यस्तै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकाका कुनै पनि कुनालाई विकासले सुगम बनाइने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारको साथ रहे गाउँपालिकालाई समृद्ध बनाउन सम्भव रहेको धारणा राख्नुभयो । स्थानीय सरकारले मात्र गाउँको विकास गर्न सम्भव नभएको बताउनुभएको छ ।