मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समाज परिर्वतनको एउटा सम्वाहक शिक्षक पनि भएको बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित मकवानपुर जिल्लामा प्राथमिक तहमा स्थायी भएका शिक्षकहरूलाई नियुक्ति पत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले आमाबाबु पछिको गुरु भनेको शिक्षक भएकाले गुरुको व्यवहार र शीकाई अभ्यासले समाजमा असर पर्ने भन्दै एउटा शिक्षाक समाज परिवर्तनमा सकारात्मक हुँदै त्यसकाे सम्बाहक बन्न सक्नुपर्ने बताउनुभएको हो
समाजलाई कस्तो बनाउने भन्ने कुरा त्याहाँ बस्ने नागरिकको व्यवहारमा भर पर्ने र नागरिकलाई अथवा विद्यार्थीलाई कस्तो शिक्षा दिने भन्ने कुरा शिक्षकमा भर पर्ने प्रमुख खुलाले बताउनुभयो । असल नागरिक निर्माणमा शिक्षकको असल व्यवहार आवस्यक रहेको भन्दै उहाँले समाज सुधार तथा समाज परिर्वतनमा शिक्षकको महत्वपुर्ण भुमिका हुने धारणा व्यक्त गर्नुभयो । मकवानपुरको शिक्षा क्षेत्रमा व्यापक परिर्वतन हुने गरि तथा शैक्षिक पक्ष उक्सने गरि काम गर्न समेत उहाँले नवनियुक्त शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । इमानदारी पुर्वक सशक्त ढंगले जिल्लाकै शैक्षिक स्तर उचाइमा पुर्याउन तर्फ लाग्न उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समिति मकवानपुरका अध्यक्ष खुलालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, शिक्षा विकास समन्वय ईकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतम, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न विद्यालयमा प्राथमिक तहमा स्थायी भएका १८५ जना शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गर्नुका साथै सपथ ग्रहण गराइएको थियो ।