मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । गत बैशाख २० गते शनिबार भएको चौथो साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफतग्रहण, प्रमाणपत्र वितरण र पहिलो पुर्ण बैठक सम्पन्न भएको हो ।

नवनिर्वाचित कार्यसमितिका पदकारी र सदस्यहरुलाई चौथो साधारण सभाका निर्वाचन प्रमुख तथा फाउन्डेसनका संस्थापक केन्द्रिय सदस्य एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले पद तथा गोपनियताको सफत ग्रहण गराउनुभएको हो ।  गत बैशाख २० गते सम्पन्न साधारणसभाबाट रघुनाथ खुलालको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । साधारणसभाबाट कार्यसमितिको उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावती पनेरु र कोषाध्यक्षमा गोकर्ण तीवारी र सदस्यहरुमा मुकुन्द अधिकारी, आशाकाजी श्रेष्ठ, कमल कुमार विश्कर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताब सिं लामा, विवश अधिकारी, रबि रेग्मी, खेमराज जर्गा मगर, विश्वराज राई, राधिकार चौलागाई, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरन लामिछाने र सम्झना पौडेललाई सर्वसम्मत चयन गरेको थियो ।

यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो पुर्ण बैठक पनि आजै बसेको छ । बैठकले साधारणसभाको समिक्षा गर्दै विभिन्न निर्णय गरेको साथै साधारणसभामा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले नवनिर्वाचित सदस्यहरुलाइ विभिन्न जिम्मेवारीसमेत प्रदान गरेको अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । यस्तै बैठकले मदन–आश्रित स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा  फाउन्डेसनले जेठ १ गते – दिव्य सेवा निकेतनमा खाद्यान्न वितरण गर्ने, जेठ २ गते “गणतन्त्रमा जबज र समाजवादको यात्रा” विषयक गोष्ठी आयोजना गर्ने ,जेठ ३ गते दिव्य बाल उद्यान, हेटौंडा-९ मा श्रद्धाञ्जली सभा आयोजना गर्ने अध्यक्ष खुलालले बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुदै फाउन्डेसनका संस्थापक केन्द्रिय सदस्य एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलले फाउन्डेसनको भूमिकालाई अझ प्रभावकारी बनाउन सुझावहरू दिनुभयो ।