इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले काेलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएकाे छ । काेलकाताले दिएकाे १ सय ८६ रनकाे लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायाे । मुम्बईका लागि इशान किशनले ५८, सूर्यकुमार यादवले ४३, तिलक वर्माले ३० र टिम डेभिडले नटआउट ३० रन बनाए । बलिङतर्फ काेलकाताका सुयश शर्माले २ विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे काेलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायाे । काेलकाताका लागि वेंकटेश अय्यरले ५१ बलमा १ सय ४ बनाए । यस्तै आन्द्रे रसेलले नटआउट २१ रन बनाए । बलिङतर्फ मुम्बईका ऋतिक शाेकिनले २ विकेट लिए । याे जितसँगै मुम्बई ४ खेलमा ४ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । एक खेल बढी खेलेकाे काेलकाता उति नै अङ्क भए पनि नेट रनरेटकाे आधारमा पाँचाैँ स्थानमा छ ।