हेटाैँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलले विकास जनताकाेलागि भएकाेले विकासमा जनताकाे सहभागिता र अपनत्व रहनुपर्ने बताउनु भएकाे छ । शनिबार वडा कार्यालले गरेकाे कामकाे समीक्षा र आगामी गर्नुपर्ने कामकाे सुझाव संकलन भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष सिग्देलले वडाले भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा साँकृतिकाे प्रवर्द्वन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकता साथ कार्य गरिरहेकाे बताउनुभयो । अध्यक्ष सिग्देलले ४ नम्बर वडा नगरकाे मुटु वडा भएकाेले नगरमा नै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन वडा कार्यालय अग्रसर भएकाे बताउनुभयाे ।
वडा सदस्य गीता त्रिपाठीकाे अध्यक्षतामा भएकाे भेलामा वडाका २६ मध्ये ९ वटा टोलबिकास समितिका अध्यक्षहरु, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, समाजसेवी प्रदीप काेईरालालगाए टोलवासिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेकाे कार्यप्रति सन्तुष्ट रहेकाे र थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका थिए । उहाँहरूले विकासलाई चाैतर्फी अगाडि बढाउन साथ र सहयाेग रहने प्रतिबद्वता जनाएको वडा सचिव रामप्रसाद गुरागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका अन्य टाेल विकास संस्थाकाे भेला आगामी बैशाख २९ गते हुने जानकारी दिनुभयाे ।