file photo

काठमाडौं – नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको छ ।