भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जापानको टोकियोमा हिजो भएको भेटवार्ताले द्वीपक्षीय साझेदारी थप बलियो बनाएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मोदी र बाइडेनबीचको भेटले दुई देशबीच नियमित उच्चस्तरीय वार्ताको निरन्तरतालाई सङ्केत गरेको समाचार संस्था एएनआईले जनाएको छ । भारत र अमेरिकाले रक्षा र सुरक्षा सहयोग द्वीपक्षीय एजेन्डा रहेको उल्लेख गर्दै कसरी सहयोगलाई अझ सुदृढ गर्न सकिन्छ भनेर पनि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपतिका रुपमा जो बाइडेनको यो पहिलो एसिया भ्रमण हो ।